ne_tn/deu/32/15.md

3.8 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूलाई एउटा कवितात्मक गीत सुनाउ छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

यशूरून

मोशा इस्राएलीहरूको बारेमा तिनीहरू पुष्टाइएको पशु झैँ बताउँछन् जसको मालिकले त्यसलाई यशूरून नाम दिए । तपाईंले यस्तो लेखिएको पादटिप्पणी थप्‍न सक्नु हुन्छ, "'यशूरून' नामको अर्थ 'धर्मी जन" हो । तपाईंको भाषाले इस्राएलीहरूलाई यशूरूनको रूपमा बताउँन सक्दैन भने, तपाईंले EN-UDB ले जस्तै इस्राएलीहरूलाई धेरै मानिसहरूको रूपमा जनाउन सक्नु हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मोटाएर ... लात हान्यो

पुष्टाइएको पशु यशूरून जसले आज्ञाकारी हुनको साटो लात हान्छ त्यो इस्राएलीहरूको निम्ति एउटा रूपक हो जसले परमेश्वरले तिनीहरूको देखभाल गर्नु भए तापनि उहाँको विरुद्ध विद्रोह गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमी अति धेरै मोटायौ र भरपेट खायौ

मोशा इस्राएलीहरूलाई यशूरूनको निम्ति गाएको गीत गाएर हप्काउ छन् । "तिमी असाध्यै मोटायौ र तिमी अझ बढि मोटाउन नसक्ने गरी मोटायौ"

आफ्नो उद्धारको चट्टान

यसको अर्थ परमप्रभु चट्टान जस्तै बलियो हुनुहुन्छ र आफ्ना मानिसहरूलाई रक्षा गर्न सक्नु हुन्छ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

चट्टान

यो मोशाले परमप्रभुलाई दिएको नाम हो जो चट्टान जस्तै बलियो हुनुहुन्छ र आफ्ना मानिसहरूलाई रक्षा गर्न सक्नु हुन्छ । व्‍यवस्‍था ३२:४मा झैँ यसलाई अनुवाद गर्नु होस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले ... परमप्रभुलाई डाही तुल्याए

इस्राएलीहरूले ... परमप्रभुलाई डाही तुल्याए ।

शब्द अनुवाद