ne_tn/deu/32/05.md

3.7 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूसँग कवितात्मक शैलिमा बोल्छन् । मोशा आफूले भनिरहेको कुरालाई जोड दिन निरन्तर समान्तरताको प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उहाँको विरुद्धमा भ्रष्टतापूर्वक काम गरेका छन्

"दुष्ट कुरा गरी उहाँको विरोध गरेका छन् ।" व्‍यवस्‍था ०४:१६मा यस्तै वाक्यांश दिइएको छ ।

तिनीहरू बाङ्गो र टेडो पुस्ता

मूलतः "बाङ्गो" र "टेडो" शब्दहरूले एउटै कुरालाई जनाउँछ । त्यो पुस्ता कति दुष्ट छ भनेर जोड दिन मोशाले ती प्रयोग गर्छन् । अर्को अनुवादः "पूर्ण रूपले दुष्ट पुस्ता" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

हे ... मानिसहरू हो, के तिमीहरूले यसरी नै परमेश्वरलाई कृतज्ञता देखाउँछौ ?

मोशा मानिसहरूलाई हप्काउन एउटा प्रश्‍न गर्छन् । अर्को अनुवादः "हे ... मानिसहरू हो, तिमीहरूले परमेश्वरलाई साँचो आराधना चढाउनु पर्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हे मूर्ख र बुद्धि नभएका मानिसहरू

"मूर्ख" र "बुद्धि नभएका" शब्दहरूले एउटै कुरालाई जनाउँछ र मानिसहरू परमप्रभुको आज्ञा पालन नगरेकोमा कति मूर्ख छन् भन्‍ने कुरा जोड दिन्छ । अर्को अनुवादः "हे अत्यन्तै मूर्ख मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

के उहाँ नै तिमीहरूलाई सृजनुहुने तिमीहरूका पिता हुनुहुन्‍न र ?

मोशा मानिसहरूलाई हप्काउन एउटा प्रश्‍न गर्छन् । यस आलङ्‍कारिक प्रश्‍नलाई एउटा सामान्य वाक्यको रुपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "परमप्रभु तिमीहरूका पिता र तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद