ne_tn/deu/31/17.md

3.6 KiB

सामान्य जानकारीः

परमप्रभु मोशासित बोल्न निरन्तरता दिनु हुन्छ ।

मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कने छ

परमप्रभुले आफ्नो क्रोधलाई कसैले आगो बाल्नुसित तुल्ना गर्नु हुन्छ । यसले परमेश्वरलाई रिस उठाउने जुनसुकै कुरालाई नाश पार्ने उहाँको शक्तिलाई जोड दिन्छ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्काइने छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-activepassive]])

म तिनीहरूबाट मेरो मुहार लुकाउने छु

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "म तिनीहरूलाई सहायता गर्ने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरू नष्ट हुने छन्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरू नष्ट पारिने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

नष्ट हुने छन्

यो "पूर्ण रूपले नाश हुने छन्"को निम्ति एउटा रूपक हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

के हाम्रा परमेश्वर हाम्रा बिचमा नहुनुभएकोले यी विपत्तिहरू हामीमाथि आइपरेका होइनन् र ?

यसले विपत्तिहरू र समस्याहरूलाई ती मानव भए झैँ वर्णन गर्छ । यस आलङ्‍कारिक प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "हाम्रा परमेश्वर हाम्रा बिचमा नहुनुभएकोले यी विपत्तिहरूले हामीलाई नाश गरिरहेका छन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-rquestion]])

हाम्रा परमेश्वर हाम्रा बिचमा नहुनुभएकोले

"परमेश्वरले हामीलाई अब रक्षा गर्नु हुन्‍न" वा "परमेश्वरले हामीलाई एक्लै छाडि दिनु भएको छ"

शब्द अनुवाद