ne_tn/deu/30/01.md

4.0 KiB

जब ... यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्

यहाँ "यी सबै आशिष् र श्राप"ले अध्याय २८-२९मा वर्णन गरिएका आशिष् र श्रापहरूलाई जनाउँछ । "तिमीहरूमाथि आइपर्ने छन्" वाक्यांश घटने छ भन्‍ने अर्थ दिने एउटा वाक्पद्धति हो । अर्को अनुवादः " जब ... यी सबै आशिष् र श्राप तिमीहरूमाथि घट्ने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मैले तिमीहरूका सामु राखिदिएका

मोशाले मानिसहरूलाई बताएका आशिष् र श्रापहरूको बारे यसले यसरी बताउँछन् कि मानौँ ती तिनीहरूको अगाडि राखिएका थोकहरू थिए । अर्को अनुवादः "मैले तिमीहरूलाई बर्खरै बताइदिएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यी सम्झने छौ

अर्को अनुवादः "यी याद गर्ने छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

अन्य जातिहरूका बिचमा

"तिमीहरूलाई अन्य जातिहरूका माझमा बस्‍नको निम्ति"

धपाउनुभएपछि

"तिमीहरूलाई जबरजस्ती जान लगाउनु भएपछि"

तिमीहरूका सारा हृदय र प्राणले

"सारा हृदयले" वाक्पद्धतिले "सम्पूर्ण रूपले" भन्‍ने बुझाउँछ र "सारा ... प्राणले" वाक्पद्धतिले "तिमीहरूका सारा ... अन्तस्करणले" भन्‍ने बुझाउँछ । यी दुई वाक्यांशले उस्ता-उस्तै अर्थ दिन्छ । अर्को अनुवादः "तिमीहरूका सारा अन्तस्करणले" वा "तिमीहरूका सम्पूर्ण शक्तिले ।" व्‍यवस्‍था ४:२९मा झैँ यी शब्दहरूलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-doublet]])

तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ

"तिमीहरूको निर्वासनाट तिमीहरूलाई छुटकारा दिनुहुने छ ।" अर्को अनुवाद: "तिमीहरूलाई कैद गरेकाहरूबाट तिमीहरूलाई छुटकारा दिनुहुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद