ne_tn/deu/28/49.md

2.8 KiB

धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट

यी दुई वाक्यांशहरूले एउटै कुरालाई जनाउँछ र इस्राएलदेखि धेरै टाढा एउटा जातिबाट त्यो शत्रु आउने छ भन्‍ने कुरालाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

पृथ्वीको छेउबाट

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "तिमीहरूलाई केहि पनि थाहा नभएका ठाउँहरूबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

आफ्नो सिकारको लागि झम्टने गरुडझैँ

यसको अर्थ शत्रु अचानक आउने छन् र इस्राएलीहरूले तिनीहरूलाई रोक्‍न सक्ने छैनन् भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

यो एउटा क्रुर रूप भएको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्नेह देखाउँदैन

"जाति" शब्द त्यस जातिका मानिसहरूको निम्ति एउटा metonym हो । अर्को अनुवादः "यो क्रुर रूप भएका मानिसहरूको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्नेह देखाउँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरू नष्ट नभएसम्म

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरू नष्ट नपारिएसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद