ne_tn/deu/28/13.md

2.3 KiB

शिर तुल्याउनुहुने छ, पुच्छर होइन

यो रूपकले इस्राएल जातिलाई एउटा पशुझैँ वर्णन गर्छ र इस्राएलीहरू सधैँ अरू जाति माथि अगुवा हुने छ र तिनीहरूको पछि लाग्‍ने सेवक हुने छैन भन्‍ने अर्थ दिन्छ । इस्राएलीहरू शक्ति, पैसा र आदरमा श्रेष्ठ हुनेछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

केवल माथि हुने छौ ... तल होइन

इस्राएलीहरूले अरूमाथि राज्य गर्ने छन् तर अरूले तिनीहरूमाथि राज्य गर्ने छैन ।

आज मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूबाट दायाँ र बायाँ गएर अरू देवताहरूको सेवा गर्न तिनीहरूको पछि लागेनौ भने

परमप्रभुप्रति अनाज्ञारी भई अन्य देवीदेवताहरूलाई पुजा गर्नुलाई यसरी बताइएको छ कि मानौँ एउटा व्यक्ति शारीरिक रूपमा फर्केर परमप्रभुको वचनबाट बेग्‍लै दिशा तिर लाग्यो । अर्को अनुवादः "अन्य देवीदेवताहरूलाई पुजा गरेर आज मैले तिमीहरूलाई आज्ञा गरिरहेको कुरा तिमीहरूले मानेनौ भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद