ne_tn/deu/26/18.md

3.4 KiB

एउटा जाति ... उहाँको आफ्नै निज सम्पत्ति हो

"एउटा जाति ... उहाँको हो"

उहाँले ... तिमीहरूलाई उच्चमा राख्नु हुनेछ

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "उहाँले ... तिमीहरूलाई अझ महत्त्वपूर्ण बनाउनु हुनेछ" वा "उहाँले ... तिमीहरूलाई अझ महान बनाउनु हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उहाँले सृजना गर्नुभएका सबै जातिभन्दा तिमीहरूलाई उच्चमा राख्नु हुनेछ, र तिमीहरूले प्रशंसा, ख्याति र आदर पाउने छौ

सम्भावित अर्थहरू हुन्ः १) "उहाँले स्थापित गर्नुभएका अरू सबै जातिभन्दा उहाँले तिमीहरूलाई महान् हुने तुल्याउनु हुनेछ, र उहाँलाई प्रशंसा र आदर दिने बनाउनु हुनेछ" (EN-UDB) वा २) "उहाँले सृजना गर्नुभएका सबै जातिभन्दा बढी तिमीहरूको प्रशंसा गर्न उहाँले मानिसहरूलाई लगाउनु हुनेछ । मानिसहरूले तिमीहरू अरू जातिहरू भन्दा महान् छौँ र तिनीहरूले तिमीहरूको आदर गर्ने छन् भनेर बताउने छन् ।"

तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले ... उहाँको निम्ति अलग गरिएका जाति हुने छौ

परमप्रभुले उहाँका इस्राएलका मानिसहरूलाई आफ्नो हुन विशेष तरिकामा चुन्‍नुलाई यसरी बताइएको छ कि मानौँ परमप्रभुले तिनीहरूलाई अरू सबै जातिहरूबाट अलग गर्नुभयो । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरले ... उहाँले अरू जातिहरूबाट अलग गर्नु हुनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद