ne_tn/deu/21/22.md

2.7 KiB

कुनै मानिसले मृत्यु योग्यको पाप गरेको छ ... भने

"कुनै मानिसले अति दुष्ट केहि कुरा गरेको छ कि तिमीहरूले त्यसलाई मारेर दण्ड दिनुपर्छ ... भने"

त्यसलाई मृत्युदण्ड दिँदा

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "त्यसलाई मृत्युदण्ड दिँइदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यसलाई रुखमा झुण्ड्यायौ

सम्भावित अर्थहरू हुन्ः १) "त्यो मरेपछि तिमीहरूले त्यसलाई रुखमा झुण्ड्याउ छौ" वा २) "तिमीहरूले त्यसलाई काठमा झुण्ड्याएर मार्छौ"

त्यसलाई त्यही दिनमा नै गाडिदिनू

"तिमीहरूले त्यसलाई प्राणदण्ड दिएकै दिनमा त्यसलाई गाडिदिनू"

किनकि जो झुण्ड्याइन्छ त्यो परमप्रभुबाट श्रापित हुन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः सम्भावित अर्थहरू हुन्ः १) "किनकि मानिसहरूले रुखमा झुण्ड्याएका सबै जनालाई परमेश्वरले श्राप दिनु हुन्छ" र २) "परमेश्वरले श्राप दिनु भएकाहरूलाई मानिसहरूले रुखमा झुण्ड्याउ छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

देशलाई ... बिटुलो नपार

"परमेश्‍वरले श्राप दिनु भएको कुनै कुरालाई रुखमा झुण्डिन दिएर"

शब्द अनुवाद