ne_tn/deu/18/15.md

3.4 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूसित निरन्तर बोल्छन् ।

परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका ... एक जना अगमवक्ता खडा गर्नुहुने छ

परमप्रभुले अगमवक्ता हुन कुनै व्यक्तिलाई नियुक्‍त गर्नुलाई यसरी बताइएको छ कि मानौँ परमप्रभुले त्यस व्यक्तिलाई खडा गर्नु वा उठाउनु हुनेथ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूका दाजुभाइबाट ... एक जना

"तिमीहरूका सँगी इस्राएलीहरूबाट ... एक जना"

तिमीहरूले ... बिन्ती चढायौ

यहाँ "तिमीहरू"ले लगभग ४० वर्ष अगाडि होरेब पर्वतमा भएका इस्राएलीहरूलाई जनाउँछ ।

होरेबमा सभाको दिनमा

"तिमीहरू होरेबमा एकसाथ भेला भएको दिनमा"

बिन्ती चढायौ, 'हामीले फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज सुन्‍न नपरोस् न त उहाँको यो डरलाग्दो आगो देख्न परोस् नत्रता हामी मर्ने छौँ ।'

यसमा उद्धरण भित्र अर्को उद्धरण छ । प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "बिन्ती चढायौ कि तिमीहरूले परमप्रभु हाम्रा परमेश्वरको आवाज सुन्‍न चहादैनौँ न त उहाँको यो डरलाग्दो आगो देख्न चाहान्छौँ किनभने तिमीहरू मर्नेछौ भनी तिमीहरू डराएको थियो ।

हामीले फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज सुन्‍न नपरोस्

यहाँ "आवाज"ले परमप्रभु बोल्नुलाई जनाउँछ । अर्को अनुवादः "हामीले फेरि परमप्रभु हाम्रा परमेश्वर बोल्नु भएको सुन्‍न नपरोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद