ne_tn/deu/13/17.md

3.6 KiB

विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस्

परमप्रभुले कुनै कुरालाई श्राप दिनुभएको र त्‍यसलाई नाश गर्ने प्रतिज्ञा गर्नुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ परमप्रभुले त्‍यस वस्‍तुलाई अरू थोकहरूबाट अलग गर्नुभएको थियो । अर्को अनुवाद: "परमेश्वरले नष्‍ट गर्न तिमीहरूलाई आज्ञा दिनुभएको कुनै पनि थोक तिमीहरूले राख्‍नुहुँदैन" (हेर्नुहोस् [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिमीहरूको हातमा नहोस्

एउटा व्‍यक्‍तिले कुनै थोक रोख्‍नुहुँदैन भन्‍ने यो एउटा तरिका हो । अर्को अनुवाद: "तिमीहरूले राख्‍नुहुँदैन" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुको क्रोध शान्त होस्

परमप्रभु फेरि नरिसाउनुलाई यसरी बताइएको छ कि मानौँ उहाँको क्रोध एउटा वस्‍तु थियो र परमप्रभु त्‍यसबाट शारीरिक रूपमा फर्किनुभयो । अर्को अनुवाद: "परमप्रभु रिसाउन छाड्नुभएको होस्" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूका पिता-पुर्खाहरूलाई

यहाँ "पिता-पुर्खाहरू"को अर्थ पितृ वा पूर्वजहरू हुन् ।

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले

यहाँ "आवाज"ले परमप्रभुले बोल्‍नुभएको वचनलाई जनाउँछ । अर्को अनुवाद: "परमप्रभुले बोल्‍नुभएको वचन तिमीहरूले पालन गरेकाले" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको दृष्टिमा जे ठिक छ

यहाँ "दृष्टि"ले विचार वा धारणलाई संकेत गर्छ । अर्को अनुवाद: "परमप्रभुको अनुसार जे ठिक छ" वा "परमेश्वरले जे ठिक ठान्‍नुहुन्‍छ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद