ne_tn/deu/13/01.md

4.5 KiB

सामान्य जानकारी:

मोशा इस्राएलका मानिसहरूसँग बोल्‍न निरन्तरता दिन्छन् ।

तिमीहरूका बिचमा ... देखा परी

"तिमीहरूका बिचमा ... खडा भई" वा "तिमीहरूका बिचमा ... दाबी गरी

स्वप्‍न-दर्शी

यो त्‍यसतो व्‍यक्‍ति हो जसले परमेश्‍वरबाट दर्शनद्वारा सन्‍देश पाउँछ ।

घटेपछि

"भएपछि

त्यसले तिमीहरूलाई भनेको ... 'तिमीहरूले नजानेका अरू देवताहरूलाई पछ्याएर तिनीहरूको पुजा गरौँ' भन्यो भने

यसलाई अप्रत्‍यक्ष वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "र त्‍यसले तिमीहरूलाई ... तिमीहरूले नजानेका अन्‍य देवताहरूको सेवा र पूजा गर्न भनेर भन्‍छ भने" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-quotations)

अरू देवताहरूलाई पछ्याएर

अरू देवताहरूलाई पूज्‍नू बारे यसरी बताइएको छ कि मानौँ तिनीहरू अन्‍य देवताहरूको पछि लागिरहेका थिए वा पछ्याइरहेका थिए । अर्को अनुवाद: "हामी अन्‍य देवताहरूलाई पछ्याएर" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूले नजानेका अरू देवताहरूलाई पछ्याएर

"तिमीहरूले नजानेका अरू देवताहरू" वाक्‍यांशले अन्‍य मानिसहरूका समूहले पूज्‍ने देवताहरूलाई जनाउँछ । परमप्रभुले आफैलाई तिनीहरूकहाँ प्रकट गर्नुभएको र उहाँको शक्ति तिनीहरूले अनुभव गरेका कारण इस्राएलीहरूले उहाँलाई चिन्‍छन् ।

त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीको कुरा नसुन्‍नू

यहाँ "कुरा"ले भनिएको वाक्‍यलाई जनाउँछ । अर्को अनुवाद: "त्यस अगमवक्ताले भनेको कुरा नसुन नत स्वप्‍न-दर्शीको कुरा सुन्‍नू"

सारा हृदय र सारा प्राणले

"सारा हृदय" वाक्‍पद्धतिको अर्थ "सम्पूर्ण रूपले" र "सारा प्राण"को अर्थ "सारा अन्‍तसकरण" भन्‍ने हो । यी दुई वाक्‍यांशको समान अर्थ छ । तपाईंले व्यवस्‍था ४:२९मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "सारा अन्‍तसकरणले" वा "सारा बलले"(हेर्नुहोस् [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-doublet]])

शब्द अनुवाद