ne_tn/deu/11/13.md

2.7 KiB

मैले ... दिएका आज्ञाहरू

यहाँ "मैले"ले मोशालाई जनाउँछ ।

तिमीहरूका सारा ह्रदय र सारा प्राणले

"तिमीहरूका सारा ह्रदय" वाक्पद्धतिको अर्थ "पूर्ण रूपमा" र "तिमीहरूका ... सारा प्राणले"को अर्थ "तिमीहरूका सारा अन्‍तस्करणले" भन्‍ने हो । यी दुई वाक्‍यांशको समान अर्थ छ । तपाईंले व्यवस्‍था ४:२९मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "तिमीहरूका सारा अन्‍तस्करणले" वा "तिमीहरूका सारा शक्तिले" (हेर्नुहोस् [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-doublet]])

म तोकिएको ऋतुमा तिमीहरूको देशमा ... वृष्टि पठाउने छु

"म ठिक ऋतुमा तिमीहरूको देशमा ... वृष्टि हुने बनाउने छु"

म ... पठाउने छु

यहाँ "म"ले परमप्रभुलाई जनाउँछ । यसलाई तृतीय पुरूषमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "परमप्रभुले ... पठाउनुहुने छ" वा "उहाँले ... पठाउनुहुने छ"

अगिल्लो वृष्टि र पछिल्लो वृष्टि

यसले बिउ छर्ने ऋतुको सुरूतिरको वृष्टि र कटनीको निम्ति बाली पाक्‍ने बनाउने वृष्टिलाई जनाउँछ । अर्को अनुवाद: "शरदको वृष्टि र वसन्तको वृष्टि" वा "ठिक ऋतुमा वृष्टि"

शब्द अनुवाद