ne_tn/deu/10/12.md

3.2 KiB

अब हे इस्राएली हो

यहाँ "इस्राएल" लक्षणाले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "अब हे इस्राएलका मानिसहरू हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन् ... भय मान ... तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु

इस्राएलका मानिसहरूलाई शिक्षा दिन मोशा प्रश्‍न गर्छन् । यस आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले गरेको चाहनुभएका कुराहरू यिनै हुन् ... भय मान ... तिमीहरूका भलाइको निम्ति आज मैलेतिमीहरूलाई दिँदै छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

उहाँका सबै मार्गमा हिँड

परमप्रभुको आज्ञा पालना गर्नुलाई एउटा मार्गमा हिड्नुझैँ मोशा बताउँछन् । अर्को अनुवाद: "उहाँका सबै आज्ञा पालना गर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्नो सारा ह्रदय र सारा प्राणले

"आफ्नो सारा ह्रदय" वाक्‍पद्धतिको अर्थ "पूर्ण रूपमा" र "आफ्नो सारा ह्रदय प्राणले"को अर्थ "आफ्नो सारा अन्‍तस्करण" भन्‍ने हो । यी दुई वाक्‍यांशको समान अर्थ छ । व्यवस्था ४:२९मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "आफ्नो सारा अन्‍तस्करणले" वा "आफ्नो सारा बलले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद