ne_tn/deu/03/08.md

2.8 KiB

सामान्य जानकारी:

मोशा इस्राएलका मानिसहरूसँग बोल्‍न निरन्तरता दिन्छन् ।

दुई राजाका हातबाट

यहाँ "हातबाट" लक्षणाको अर्थ "अधिनबाट" भन्‍ने हो । अर्को अनुवाद: "दुई राजाका अधिनबाट" वा "दुई राजाबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

एमोरीहरू ... बाशान ... एद्रई ... ओग

"एमोरी मानिसहरू ... बाशानका भूमि ... एद्रई सहर ... ओग राजा" तपाईंले व्यवस्था १:४ मा यिनलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

यर्दन पारिको

यसले यर्दन नदीको पारि इस्राएलको पूर्वतिरको भूमिलाई जनाउँछ । मोशाले यो भन्‍दा तिनी यर्दनको पूर्वमा थिए । अर्को अनुवाद: "यर्दन नदीको पूर्वतिर" व्यवस्था १:१ मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।

अर्नोनको बेँसी

तपाईंले व्यवस्था २:२४गर्नुभएझैँ यस वाक्‍यांशलाई अनुवाद गर्नुहोस् ।

हेर्मोन डाँडा ... सिरिओन ... सेनीर

यी सबै बाशानको उत्तरी सिमानामा भएको एउटै पहाडहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तराईका

यो अर्नोन नदी र गिलाद पहाडको बिचमा भएको अग्‍लो, समथल भूमि हो ।

सलका

यो एद्रईको नजिकै भएको एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद