ne_tn/dan/07/04.md

2.5 KiB

पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए

यो अस्तित्वमा नभएको एउटा प्रतीकात्मक जन्तु हो । (See: rc://*/ta/man/translate/writing-symlanguage)

त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले त्यसको पखेटाहरू च्याते र जमिनबाट त्‍यसलाई माथि उठाए, र त्यो मानिसझैं आफ्ना खुट्टामा उभायो" (See: rc://*/ta/man/translate/figs-activepassive)

त्यसलाई मानिसको मन दिइएको थियो

यहाँ "मन" ले सोचाईलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले त्यसलाई मानिसजस्तै सोच्‍ने क्षमता दिए" (See: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

अर्को एउटा भालुजस्तो पशु थियो

यो साँच्चैको भालु थिएन, तर भालु जस्तै एउटा प्रतीकात्मक पशु थियो । (See: rc://*/ta/man/translate/writing-symlanguage)

करङ

मेरुदण्डसँग जोडिएको ठूलो बाङ्गो खालको छातीको हड्‍डी हो ।

त्यसलाई यसो भनियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले त्यसलाई बतायो" (See: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद