ne_tn/dan/03/15.md

3.1 KiB

नरसिङ्गा, बाँसुरी ... न्याउली-बाजा

यी संगीत उपकरणहरू हुन् । ३:५ मा तपाईंले गर्नुभएजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

घोप्टो पर्‍यौ

यहाँ "घोप्टो पर्‍यौ" भनेको "झट्टै निहुरियौ" हो ।

सबै कुरा ठिक हुनेछ

"अब उप्रान्त कुनै समस्या हुनेछैन" वा "तिमीहरू जानलाई स्वतन्त्र हुनेछौ"

मैले बनाएको मूर्ति

नबूकदनेसरका मानिसहरूले बनाएका मूर्ति, तिनले बनाएझैँ बताइएको छ । अर्को अनुवादः "मेरा मानिसहरूले बनाएका मूर्ति" (See: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरू तुरुन्‍तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरा सिपाहीहरूले तिमीहरूलाई तुरुन्‍तैदन्किरहेको आगोको भट्टीमा फ्याक्नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

दन्किरहेको आगोको भट्टी

तातो आगोले भरिएको ठूलो कोठा । ३:६ मा तपाईंले गरेजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

त्‍यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्‍छ?

राजाले कुनै जवाफ अपेक्षा गर्दैन । तिनले तिन जना मानिसहरूलाई धम्काउँदै छन् । अर्को अनुवादः कुनै पनि देवताले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्दैन !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मेरा हातबाट

यहाँ "हात" ले दण्‍ड दिने शक्तिलाई जनाउँछ । अर्को अनुवादः "मेरो दण्‍डबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद