ne_tn/col/03/intro.md

2.8 KiB

कलस्‍सी ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस पत्रको दोस्रो भाग एफिसीहरू ५ र ६ सँग मेल खान्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

पुरानो र नयाँ व्यक्ति

पुरानो र नयाँ व्यक्तिको अर्थ पुरानो र नयाँ मानिस भन्‍नु झैँ हो । “पुरानो मानिस” भन्‍ने कुराले सम्भवतः पापपूर्ण स्वभावलाई जनाउँछ जसमा कोही एक व्यक्ति जन्मेको हुन्छ । “नयाँ मानिस” भनेको चाहिँ नयाँ स्वभाव वा नयाँ जीवन हो जुन परमेश्‍वरले कोही व्यक्ति ख्रीष्‍टमा विश्‍वास गर्न आइसकेपछि उसलाई दिनुहुन्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sin]] अनि [[rc:///tw/dict/bible/kt/faith]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

चरित्र

पावलले उनका पाठकहरूलाई पछ्याउन वा पन्‍छाउनलाई भनेका धेरैजसो कुराहरू क्रियाकलापहरू होइनन् तर चारित्रिक गुणहरू हुन् । यसकारंण, तिनीहरूलाई अनुवाद गर्न कठिन हुन सक्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

“माथिका कुराहरू”

परमेश्‍वर वास गर्नुहुने स्थानलाई धेरैपटक “माथि” अवस्थित रहेको भनेर चित्रण गरिएको छ । “माथिका कुराहरूलाई खोज्‍न” र “माथिका कुराहरूको बारेमा सोच्‍न”का लागि पावलले बताउँछन् । उनले बताउन खोजिरहेका छन् कि ख्रीष्‍टिएनहरूले स्वर्गीय र ईश्‍वरीय थोकहरूलाई खोज्‍नुपर्छ र तिनीहरूको बारेमा विचार गर्नुपर्छ ।