ne_tn/col/02/intro.md

2.6 KiB

कलस्‍सीहरू ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

खतना र बप्‍तिस्मा

पदहरू ११-१२ मा, ख्रीष्‍टिएनहरू ख्रीष्‍टसँग कसरी एक छन् र पापबाट मुक्त भएका छन् भनेर देखाउनको लागि पावलले पुरानो करारको खतनाको चिन्ह र नयाँ करारको बप्‍तिस्मा चिन्ह दुवैलाई प्रयोग गर्छन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

शरीर

यो एउटा जटिल विषय हो । सम्भवतः “शरीर” भनेको हाम्रो पापपूर्ण स्वभावको लागि एउटा अलङ्कार हो । मानिसको शारीरिक भाग पापपूर्ण छ भनेर पावलले सिकाइरहेका छैनन् । पावलले यस्तो सिकाइरहेका जस्तो देखिन्छ कि, जबसम्‍म ख्रीष्‍टिएनहरू जीवित रहन्छन् (“शरीरमा”), हामी पाप गरिरहने छौँ । तर हाम्रो नयाँ स्वभाव हाम्रो पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । पावलले यस अध्यायमा “शरीर” शब्दलाई भौतिक देहलाई जनाउन पनि प्रयोग गर्छन् ।

अन्तर्निहित जानकारी

पावलले यस अध्यायमा थुप्रै विषयहरूलाई उल्‍लेख गर्छन् जसले कलस्‍सेमा भएको मण्‍डलीको अवस्थाको बारेमा रहेको जानकारी दिन्छन् । वास्तविक विस्तृत विवरणहरूको विषयमा खण्‍डलाई अनिश्‍चित रहन दिन नै बेस हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)