ne_tn/col/02/17.md

1.5 KiB

यिनीहरू आउने थोकहरूका छायाँ हुन्, तर वास्तविक वस्तु चाहिँ ख्रीष्‍ट हुनुहुन्छ

एउटा छायाँले कुनै वस्तुको अस्पष्‍ट आकारलाई देखाउँछ, तर त्यो आफैँ चाहिँ वस्तु होइन । त्यसै गरी, चाडहरू, उत्सवहरू, र विश्रामको दिनले हामीलाई परमेश्‍वरले मानिसहरूलाई कसरी बचाउनुहुने थियो भनेर देखाउँछन्, तर ती कुराहरूले मानिसहरूलाई बचाउँदैनन् । उद्धारकर्ता चाहिँ ख्रीष्‍ट हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “यिनीहरू के हुनेछ भन्‍ने कुराको छायाँ जस्तो हुन्, तर वास्तविकता चाहिँ ख्रीष्‍ट हुनुहुन्छ” वा “यिनीहरू आउनुहुने उद्धारकर्ताको छायाँ जस्तो हुन्, तर उद्धारकर्ता चाहिँ ख्रीष्‍ट हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)