ne_tn/col/02/12.md

3.0 KiB

तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ

पावलले बप्‍तिस्मा लिने र विश्‍वासीहरूको सभामा सामेल हुने कुराको विषयमा त्यो चाहिँ ख्रीष्‍टसँगै गाडिने कुरा भए झैँ गरेर बताउँछन् । यसलाई कर्त वाच्य बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै गाड्नुभयो जब तिमीहरू बप्‍तिस्मामा मण्‍डलीमा सामेल भयौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

उहाँमा नै तिमीहरू बिउँताइएका थियौ

यस अलङ्कारको साथमा, पावलले विश्‍वासीहरूको नयाँ आत्मिक जीवनको विषयमा कुरा गर्छन्, जुन सम्भव भयो किनभने परमेश्‍वरले ख्रीष्‍टलाई फेरि जीवित पार्नुभयो । यसलाई कर्त वाच्य बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने तिमीहरूले आफैँलाई ख्रीष्‍टमा सामेल गराएका छौ, परमेश्‍वरले तिमीहरूलाई बिउँताउनुभएको छ” वा “उहाँमा परमेश्‍वरले तिमीहरूलाई फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तिमीहरूलाई बिउँताइयो

यहाँ बिउँताउनु भनेको एउटा वाक्पद्धति हो जसको अर्थ कोही मरिसकेको व्यक्तिलाई पुनः जीवित बनाउनु भन्‍ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई बिउँताउनुभयो” वा “परमेश्‍वरले तिमीहरूलाई फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-idiom]])