ne_tn/col/02/03.md

1.8 KiB

उहाँमा बुद्धि र ज्ञानका सबै सम्पत्तिहरू लुकाइएको छन्

केवल ख्रीष्‍टले मात्र परमेश्‍वरको सत्य बुद्धि र ज्ञान प्रकट गर्न सक्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले बुद्धि र ज्ञानका सबै सम्पत्तिहरूलाई ख्रीष्‍टमा लुकाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बुद्धि र ज्ञानका सबै सम्पत्तिहरू

पावलले परमेश्‍वरको बुद्धि र ज्ञानको विषयमा तिनीहरू भौतिक धनहरू भए झैँ गरी बताउँछन् । वैकल्‍पिक अनुवादः “धेरै बहुमूल्य बुद्धि र ज्ञान” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बुद्धि र ज्ञान

यहाँ यी शब्दहरूको आधारभूत रूपमा उस्तै अर्थ हुन्छ । सबै आत्मिक समझ ख्रीष्‍टबाट आउँछ भन्‍ने कुरालाई जोड दिनका लागि पावलले यहाँ तिनलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)