ne_tn/col/01/24.md

2.1 KiB

ख्रीष्‍टका कष्‍टहरूको कमीलाई म मेरो शरीरमा भर्छु

पावल उनले निरन्तर भोगिरहेका कष्‍टहरूको बारेमा कुरा गर्छन् । उनले यहाँ स्वीकार गरिरहेका हुन सक्छन् कि ख्रीष्‍ट पुनः फर्कनुभन्दा अगाडि त्यहाँ थुप्रै दुःखभोगहरू छन् जुन उनी र अन्य ख्रीष्‍टिएनहरूले सहनुपर्छ, र एउटा आत्मिक बुझाइमा ख्रीष्‍टले पनि यी कठिनाइहरूमा तिनीहरूसँग भाग लिनुहुन्छ । पावलले निश्‍चय नै यो भनेका होइनन् कि केवल ख्रीष्‍टका दुःखभोगहरू विश्‍वासीहरूलाई उद्धार प्रदान गर्नका निमित्त पर्याप्‍त थिएनन् ।

म मेरो शरीरमा भर्छु

पावलले उनको शरीरको विषयमा त्यो कुनै भाँडो भए झैँ गरेर बताउँछन् जसमा दुःखभोग राख्‍न सकिन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँको शरीरको खातिर, जुन मण्‍डली हो

पावलले धेरैपटक मण्‍डली अर्थात सारा ख्रीष्‍टिएन विश्‍वासीहरूको समूह चाहिँ ख्रीष्‍टको देह भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)