ne_tn/col/01/09.md

2.6 KiB

जोड्ने कथनः

किनभने अरूहरूलाई प्रेम गर्न आत्माले तिनीहरूलाई सक्षम बनाउनुभएको छ, पावल तिनीहरूको लागि प्रार्थना गर्छन् र तिनीहरूको लागि उनले कसरी प्रार्थना गर्छन् भनेर यहाँ तिनीहरूलाई बताउँछन् ।

यस प्रेमको कारण

“किनभने पवित्र आत्माले अरू विश्‍वासीहरूलाई प्रेम गर्न तिमीहरूलाई सक्षम बनाउनुभएको छ”

हामीले ... सुन्यौँ ... हामीले ... रोकेका छैनौँ ... हामी बिन्ती गरिरहेका छौँ

“हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

हामीले यो सुनेको दिनदेखि

“इपाफ्रासले हामीहरूलाई यी कुराहरू भनेको दिनदेखि”

कि तिमीहरू उहाँको इच्छाको ज्ञानले भरिपूर्ण भएका होओ

पावलले कलस्सी विश्‍वासीहरूको विषयमा तिनीहरू भाँडाहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “कि तिमीहरूले जान्‍नुपर्ने कुराहरूले परमेश्‍वरले तिमीहरूलाई भर्नुभएको होस् ताकि तिमीहरूले उहाँको इच्छा गर्न सक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सबै बुद्धि र आत्मिक समझमा

“ ... , ताकि पवित्र आत्माले तिमीहरूलाई बुद्धिमान् बनाउनुभएको होस् र तिमीहरूले के गरेको परमेश्‍वरले चाहनुहुन्छ भनेर बुझ्‍नलाई सक्षम बनाउनुभएको होस्”