ne_tn/amo/01/01.md

2.3 KiB

आमोस ... प्रकाशमा पाएका कुराहरू

आमोसले देखेका वा सुनेका कुराहरू द्वारा परमेश्‍वरले आमोसलाई बुझाउने सबै कुरा ।

परमप्रभु सियोनबाट गर्जनुहुनेछ । उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ ।

यी दुई पङ्तिहरूले उस्ता-उस्तै अर्थहरू दिन्छन् । परमप्रभुले जातिलाई न्याय गर्न लाग्‍नुहुँदा उहाँले ठूलो स्वरमा कराउनु हुनेछ भन्‍ने कुरालाई एक साथ तिनीहरूले जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

परमप्रभु ... गर्जनुहुनेछ

१) सिंह अथवा २) चट्याङ जस्तै (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभु

यो परमेश्‍वरको नाउँ हो जुन उहाँले पुरानो करारमा आफ्ना मानिसहरूलाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्नुपर्छ भन्‍ने सम्बन्धमा शब्द अनुवाद पृष्‍ठमा परमप्रभुको बारे हेर्नुहोस् ।

शब्द अनुवाद