ne_tn/act/28/intro.md

2.3 KiB

प्रेरितहरू २८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावल रोममा दुई वर्ष बसे । त्‍यसपछि तिनलाई के भयो भन्‍ने कुरा लूकाले लेखेका छैनन् । यसरी नलेख्‍नुको कारण के थियो होला भन्‍ने कसैलाई थाहा छैन ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“पत्रहरू” र “भाइहरू”

पावलले यहूदी अगुवाहरूसँग कुराकानी गर्ने इच्‍छा गरेकोमा तिनीहरूले अचम्‍म माने, पावल रोममा आइरहेका छन् भनेर यरूशलेमका प्रधान पूजाहारीले लेखेको त्‍यस्‍तो कुनै पत्र तिनीहरूले प्राप्‍त गरेका थिएनन् ।

जब यहूदी अगुवाहरूले “भाइहरू” भनेर सम्‍बोधन गरे, तब तिनीहरूले यहूदी बन्‍धुहरूका बारेमा कुरा गरेका थिए, ख्रीष्‍टिएनहरूका बारेमा होइन ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“उनी देवता थिए”

स्‍थानीय मानिसहरूले पावल देवता हो भन्‍ने बुझे, तर तिनी एकमात्र साँचो परमेश्‍वर हुन् भनेर तिनीहरूले बुझेका होइन् । पावलले ती स्‍थानीय मानिसलाई आफू देवता होइन भनेका छैनन्, र तिनले किन त्‍यसो भनेनन्, सो हामीलाई थाहा छैन ।