ne_tn/act/28/28.md

1.7 KiB

जोड्ने कथनः

पावलले रोमका यहूदी अगुवाहरूसँग बोलेर सिद्ध्याउँछन् ।

परमेश्‍वरको यो मुक्ति अन्यजातिहरूकहाँ पठाइएको छ

परमेश्‍वरले कसरी मानिसहरूलाई बचाउनुहुन्‍छ भन्‍ने उहाँको सन्‍देशका बारेमा यो पठाउने वस्‍तु भएको जस्‍तो गरी भनिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले कसरी अन्यजातिहरूलाई बचाउनुहुन्‍छ भनी तिनीहरूलाई सुनाउनका लागि उहाँले आफ्‍ना सन्देशवाहकहरूलाई तिनीहरूकहाँ पठाउँदै हुनुहुन्‍छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूले सुन्‍नेछन्

“तिनीहरूमध्ये केहीले सुन्‍नेछन् ।” त्‍यस बेलाका यहूदीहरूले जसरी प्रत्तिउत्तर जनाए, त्‍यसको विपरीत किसिमले अन्यजातिहरूले प्रत्तिउत्तर जनाए ।