ne_tn/act/28/17.md

1.9 KiB

त्‍यसपछि यस्‍तो भयो कि

कथाको नयाँ भाग सुरु भएको कुराको सङ्केत गर्नका लागि यो वाक्‍यांश प्रयोग भएको छ । यदि तपाईंको भाषामा यसरी लेख्‍ने तरिका छ भने, तपाईंले यसलाई लेख्‍न सक्‍नुहुन्‍छ ।

यहूदीहरूका माझमा भएका अगुवाहरू

यिनीहरू रोममा भएका नागरिक वा धार्मिक अगुवाहरू हुन् ।

भाइहरू

यहाँ यसको अर्थ “सङ्गी यहूदीहरू” भन्‍ने हुन्छ ।

मानिसहरूको विरुद्धमा

“हाम्रा मानिसहरूका विरुद्धमा” वा “यहूदीहरूका विरुद्धमा”

मलाई एक कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “केही यहूदीहरूले यरूशलेममा मलाई गिरफ्‍तार गरे र मलाई रोमी अधिकारीहरूकहाँ बन्‍दी बनाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

रोमीहरूको हातमा

यहाँ “हात” शब्‍दले शक्ति वा नियन्‍त्रणलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)