ne_tn/act/26/18.md

4.3 KiB

तिनीहरूका आँखा खोल्‍न

कुनै मानिसलाई सत्‍यता बुझ्‍न मानिसहरूलाई सहायता पुर्‍याउने कुराका बारेमा त्‍यो व्‍यक्तिले कसैलाई साँच्‍चिकै आँखा खोल्‍न सहायता पुर्‍याउने कुरा झैँ हो भनिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूलाई अन्‍धकारबाट ज्‍योतिमा फर्काउन

कुनै व्‍यक्तिलाई खराब गर्न रोक्‍न र परमेश्‍वरमा भरोसा गरेर आज्ञाकारी हुन सुरु गर्न सहायता पुर्‍याउने कुराका बारेमा त्‍यो व्‍यक्तिले कसैलाई साँच्‍चिकै अँध्‍यारो ठाउँबाट उज्‍याले ठाउँमा डोर्‍याएको कुरा झैँ हो भनिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूलाई शैतानको शक्तिबाट परमेश्‍वरतिर फर्काउन

कुनै व्‍यक्तिलाई शैतानको आज्ञाकारी हुन रोक्‍न र परमेश्‍वरमा आज्ञाकारी हुन सुरु गर्न सहायता पुर्‍याउने कुराका बारेमा त्‍यो व्‍यक्तिले अर्को व्‍यक्तिलाई साँच्‍चिकै फर्काएको र उसलाई शैतानको शासनको ठाउँदेखि बाहिर निकालेर परमेश्‍वरले शासन गर्नुहुने ठाउँमा डोर्‍याएको कुरा झैँ हो भनिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले परमेश्‍वरबाट आफ्‍ना पापहरूको क्षमा पाउन सकून्

भाववाचक नाउँ “क्षमा” लाई क्रियापद “क्षमा गर्नु” राखेर लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनीहरूका पाप क्षमा गर्न सक्‍नुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

उत्तराधिकार

येशूले उहाँमा विश्‍वास गर्ने मानिसहरूलाई दिनुहुने आशिष्‌हरूका बारेमा ती कुरा छोराछोरीले आफ्‍ना बाबुबाट प्राप्‍त गर्न सक्‍ने हिस्सा वा उत्तराधिकारजस्तो हो भनिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ममा विश्‍वासद्वारा शुद्ध पारिएको

येशूले कोही मानिसलाई आफ्‍नो हुन चुन्‍नुहुने कुराका बारेमा उहाँले तिनीलाई अरू मानिसहरूबाट साँच्‍चिकै अलग गर्नुभएको जस्‍तो हो भनिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ममा विश्‍वासद्वारा

“किनभने तिनीहरूले मलाई विश्‍वास गर्दछन् ।” यहाँ पावलले प्रभुको भनाइलाई उद्धरण गरेर सिद्ध्याउँछन् ।