ne_tn/act/25/intro.md

2.7 KiB

प्रेरितहरू २५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कृपा

यो शब्‍दलाई यस अध्‍यायमा दुई भिन्‍न तरिकाले प्रयोग गरेको छ । जब यहूदी अगुवाहरूले फेस्‍तसको निगाहका लागि अनुरोध गरे, तब तिनीहरूले त्‍यो दिनमा फेस्‍तससँग केही विशेष कुरा गर्न अनुरोध गरे । उनले सामान्‍य रूपले नगर्ने कुरा उनले तिनीहरूका लागि गरुन् भन्‍ने इच्‍छा तिनीहरूले व्‍यक्त गरे । जब फेस्‍तसले “यहूदीहरूको समर्थन पाउन” इच्‍छा गरे, तब तिनीहरूले आगामी महिना र वर्षमा उनलाई मन पराऊन् र उनका आज्ञा पालन गरून् भन्‍ने उनको इच्‍छालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/favor)

रोमी नागरिकता

रोमी नागरिकहरूलाई मात्र आफूले न्‍यायोचित व्‍यवहार गर्नु आवश्‍यक हुन्‍छ भनेर रोमीहरूले विचार गर्थे । रोमी नागरिक नभएका मानिसहरूलाई तिनीहरूले आफूलाई जे इच्‍छा लाग्‍यो त्‍यही गर्दथे । तर अरू रोमी नागरिकका बारेमा भने तिनीहरूले रोमी कानून पालन गर्दथे । कोही मानिस जन्‍मँदै रोमी नागरिक थिए र अरूले रोमी सरकारलाई रूपयाँ दिए, र यसरी तिनीहरू रोमी नागरिक भए । रोमी अधिकारीहरूले गैर-नागरिकलाई जस्‍तो व्‍यवहार गर्थे, त्‍यस्‍तै व्‍यवहार तिनीहरूले रोमी नागरिकलाई भने तिनीहरूले दण्ड पाउँथे ।