ne_tn/act/25/06.md

1.9 KiB

सामान्य जानकारीः

यहाँ पहिलो तीनपटक “उनले” र साथै “उनलाई” शब्‍द प्रयोग गरिएको छ, यी शब्दहरूले फेस्‍तसलाई जनाउँछन् । चौथो “उनी” शब्‍दले पावललाई जनाउँछ । “तिनीहरूले” शब्‍दले यरूशलेमबाट आएका यहूदीहरूलाई जनाउँछ ।

तल कैसरियामा

यरूशलेम भौगोलिक रूपले कैसरियाभन्‍दा माथि छ । यरूशलेमबाट तल आए भन्‍ने सामान्‍य चलन थियो ।

न्याय आसनमा बसे

यहाँ “न्‍याय-आसन” शब्‍दले पावललको जाँचमा फेस्‍तसले न्‍यायाधीशका रूपमा शासन गरेको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उनी न्यायाधीशको रूपमा काम गर्ने आसनमा बसे” वा “उनी न्‍यायाधीशका रूपमा बसे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पावललाई तिनीकहाँ ल्याइयोस् भनी

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उनका सिपाहीहरूले पावललाई उनीकहाँ ल्याउन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)