ne_tn/act/25/01.md

1.4 KiB

सामान्य जानकारीः

अब कैसरियाका शासक फेस्तस हुन् । तपाईंले यो नाउँलाई प्रेरितहरू २४:२७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

जोड्ने कथनः

पावल कैसरियामा बन्‍दी अवस्‍थामा नै रहे ।

अब

यो शब्दले कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ ।

फेस्तस त्यस प्रान्तमा प्रवेश गरे

सम्भावित अर्थहरू हुन् १) फेस्तस उनको शासन सुरु गर्न त्यस क्षेत्रमा आइपुगे वा २) सामान्य रूपमा फेस्तस त्यस क्षेत्रमा आइपुगे ।

उनी कैसरियाबाट माथि यरूशलेम गए

यहाँ “माथि गए” वाक्‍यांश प्रयोग भएको छ किनभने उचाइका हिसाबले कैसरियाभन्‍दा यरूशलेम माथि छ ।