ne_tn/act/21/31.md

1.9 KiB

खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ माथि आयो

यहाँ “खबर” शब्‍दले खबर दिन जाने सन्देशवाहकलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “कसैले सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानलाई खबर दियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

खबर प्रमुख कप्‍तानकहाँ आयो

यहाँ “माथि आयो” वाक्यांश प्रयोग भएको छ, किनभने मन्‍दिरसँग जोडिएको सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तान बसेको किल्‍ला उचाइका हिसाबले मन्‍दिर परिसरभन्‍दा माथि थियो ।

प्रमुख कप्‍तान

करिब ६०० जना सिपाहीहरूको अधिकृत वा अगुवा

सारा यरूशलेम हुलदङ्गामा थियो

“यरूशलेम” शब्दले यरूशलेमका मानिसहरूलाई जनाउँछ । “सारा” शब्द ठूलो भीड रिसाएको थियो भनी जनाउने अतिरञ्‍जन हो । वैकल्पिक अनुवादः “यरूशलेममा धेरै मानिसहरू होहल्ला गर्दै थिए” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-hyperbole]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])