ne_tn/act/21/13.md

2.4 KiB

तिमीहरू के गरिरहेका छौ, रुँदै र मेरो हृदयलाई तोड्दै

पावलले विश्‍वासीहरूले तिनलाई मनाउन छोड्नुपर्छ भन्‍ने देखाउनलाई यो प्रश्‍न सोध्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूले गरिरहेको कुरा गर्न छोड । तिमीहरूले रोएर मेरो मन तोड्दै छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मेरो हृदयलाई तोड्दै

कसैलाई दुःखी तुल्‍याउने वा कसैलाई निरुत्साहित तुल्‍याउने कुरालाई हृदयलाई छियाछिया पारेको भनिएको छ । यहाँ “हृदय” शब्‍दले व्‍यक्तिका भावनाहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मलाई निरुत्साहित पार्दै” वा “मलाई धेरै दुःखी तुल्‍याउँदै” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

बाँधिन मात्र होइन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले मलाई बाँध्‍नलाई मात्र होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रभु येशूको नाउँको लागि

यहाँ “नाउँ” शब्‍दले येशूको व्‍यक्तित्‍वलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “प्रभु येशूको नाउँको खातिर” वा “किनभने म प्रभु येशूमा विश्‍वास गर्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)