ne_tn/act/18/27.md

2.3 KiB

सामान्य जानकारीः

यहाँ “उनले” र “उनलाई” शब्‍दहरूले अपोल्‍लोसलाई जनाउँछन् (प्रेरितहरू १८:२४) ।

अखैयामा पारि जान

“अखैयाको क्षेत्रमा जान ।” “पारि जान” भन्‍ने वाक्‍यांशको प्रयोग भएको छ, किनभने तिनलाई एफिसस सहरबाट अखैया जानका लागि इजिअन समुद्र तर्नुपर्ने थियो ।

अखैया

अखैया ग्रीसको दक्षिणी भागमा अवस्थित रोमी प्रान्त थियो । तपाईंले यसलाई प्रेरितहरू १८:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

भाइहरू

यहाँ “भाइहरू” शब्दले पुरुष र महिला विश्‍वासीहरूलाई जनाउँछ । यी एफिससका विश्‍वासीहरू हुन् भनी तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “एफिससमा भएका सङ्गी विश्‍वासीहरू” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-gendernotations]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

चेलाहरूलाई लेखे

“अखैयामा भएका ख्रीष्‍टिएनहरूलाई पत्र लेखे”

तिनीहरू जसले अनुग्रहद्वारा विश्‍वास गरे

“अनुग्रहद्वारा उद्धार हुन्‍छ भन्‍ने कुरामा विश्‍वास गरेका मानिसहरू” वा “परमेश्‍वरको अनुग्रहद्वारा येशूमा विश्‍वास गरेका मानिसहरू”