ne_tn/act/18/18.md

2.6 KiB

सामान्य जानकारीः

यहाँ “तिनी” शब्दले पावललाई जनाउँछ । किंक्रिया बन्दरगाह थियो, जुन बृहत्तर कोरिन्थ सहरी क्षेत्रको एक हिस्सा थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जोड्ने कथनः

यसले पावलको सुसमाचार प्रचार यात्रालाई निरन्तरता दिन्छ जसै पावल, प्रिस्किला र अकिलासले कोरिन्थ छोड्छन् । यसको अर्थ सिलास र तिमोथीलाई छाडिएको जस्‍तो लाग्‍छ, किनभने यहाँ “हामी” शब्‍द प्रयोग नभई “उनले” शब्‍द प्रयोग भएको छ । अनि “उनीहरू” भन्‍नाले पावल, प्रिस्किला र अकिलासलाई जनाउँछ ।

भाइहरूलाई छाडे

भाइहरू” शब्दले पुरुष र महिला विश्‍वासीहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सङ्गी विश्‍वासीहरूलाई छाडे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

प्रिस्किला र अकिलाससँग जहाजमा सिरिया गए

पावल सिरियातर्फ जाने जहाजमा चढे । प्रिस्किला र अकिलास पनि तिनीसँगै गए ।

पावलले आफ्नो कपाल खौरे, किनकि उनले एउटा भाकल गरेका थिए

यो भाकल पूरा गरेको जनाउने एउटा साङ्केतिक कार्य हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनले आफ्नो शिरको कपाल कसैलाई खौरन लगाए” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-symaction]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])