ne_tn/act/18/06.md

1.7 KiB

तिनको लुगा टकटक्याए

यो पावलले अब अरू बढी त्यहाँ भएका यहूदीहरूलाई येशूको बारेमा सिकाउनेछैनन् र तिनीहरूलाई परमेश्‍वरको इन्साफको लागि छोड्दै छन् भन्‍ने कुरा जनाउने प्रतीकात्मक कार्य हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

तिमीहरूको रगत तिमीहरूकै शिरमा परोस्

यहाँ “रगत”ले तिनीहरूको कामहरूको दोषलाई जनाउँछ । यहाँ “शिर” शब्‍दले सम्‍पूर्ण व्‍यक्तिलाई जनाउँछ । यदि तिनीहरूले पश्‍चात्ताप गर्न इन्कार गरे भने तिनीहरूको हठको कारण तिनीहरूले सामना गर्ने दण्डको लागि सम्पूर्ण रूपले तिनीहरू नै जिम्मेवार हुन्छन् भनेर पावल भन्छन् । वैकल्पिक अनुवादः “पापको निम्ति तिमीहरूले पाउने दण्डको जिम्मेवारी तिमीहरूले नै बोक्‍नेछौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-synecdoche]])