ne_tn/act/17/26.md

1.9 KiB

सामान्य जानकारीः

यहाँ “उहाँलाई” र “उहाँ” शब्‍दहरूले एकमात्र साँचो परमेश्‍वर अर्थात् सृष्‍टिकर्तालाई जनाउँछ । “तिनीहरूको” र “तिनीहरूलाई” शब्‍दले पृथ्‍वीको सतहमा बसोबास गर्ने मानिसहरूका हरेक जातिलाई जनाउँछ । पावलले “हामीलाई” शब्‍द प्रयोग गरेर तिनी आफैँ, तिनका श्रोताहरू र हरेक जातिलाई समावेश गर्दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

एउटा मानिस

यसले परमेश्‍वरले बनाउनुएको आदमलाई जनाइरहेको छ । यसमा हव्‍वालाई समावेश गरेर लेख्‍न सकिन्‍छ । आदम र हव्‍वाद्वारा परमेश्‍वरले अरू सबै मानिसहरूलाई बनाउनुभयो । वैकल्‍पिक अनुवादः “एक जोडि”

अनि तिनीहरूको बाँच्‍ने अवधि र बस्‍ने भूमिका सिमानाहरू निर्धारण गर्नुभयो

यसलाई एउटा नयाँ वाक्‍यमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “अनि तिनीहरू कति समय र कहाँ बसोबास गर्ने छन् भनी उहाँले निर्धारण गर्नुभयो”