ne_tn/act/17/16.md

1.7 KiB

सामान्य जानकारीः

यो पावल र सिलासको यात्रा वृत्तान्तको अर्को खण्ड हो । पावल अहिले एथेन्समा छन् जहाँ तिनी सिलास र तिमोथी उनको साथ लाग्‍न आउने कुराको प्रतीक्षा गरिरहेका छन् ।

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लूकाले कथाको नयाँ भाग भन्‍न सुरु गर्दछन् ।

सहर मूर्तिहरूले भरिएको देखेर उनको हृदय व्याकुल भयो

यहाँ “आत्मा” शब्दले पावल स्‍वयम्‌लाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उनी दुःखी भए किनभने उनले त्‍यहाँ सहरमा सबैतिर मूर्तिहरू देखे” वा “त्‍यो सहरमा सबैतिर मूर्तिहरू देखेर उनी दुःखी भए” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])