ne_tn/act/17/06.md

1.6 KiB

केही अरू भाइहरू

यहाँ “भाइहरू” शब्दले विश्‍वासीहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “केही अरू विश्‍वासीहरू”

हाकिमहरूको अगाडि

“हाकिमहरूको उपस्थितिमा”

यी मानिसहरू जसले ... छन्

यहूदी अगुवाहरूले बोले र “यी मानिसहरू” भन्‍ने वाक्‍यांशले पावल र सिलासलाई जनाउँछ ।

संसारलाई उलटपुलट पारे

यो पावल र सिलासले समस्या खडा गरिरहेका छन् भन्‍ने कुरालाई अर्को तरिकाले जनाउनलाई प्रयोग गरिने वाक्यांश हो । यहूदी अगुवाहरूले पावल र सिलासको शिक्षाको प्रभावलाई बढाइचढाइ गरिरहेका थिए । वैकल्‍पिक अनुवादः “संसारका हरेक ठाउँमा समस्‍या खडा गरे” वा “तिनीहरू गएका हरेक ठाउँमा समस्‍या खडा गरे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-hyperbole]] अनि [[rc:///ta/man/translate/figs-idiom]])