ne_tn/act/16/14.md

3.4 KiB

जोड्ने कथनः

यो लिडियाको कथाको अन्तिम भाग हो ।

लिडिया नाम गरेकी एक स्‍त्री

यहाँ “एउटी स्‍त्री” भनेर कथामा एक जना नयाँ व्‍यक्तिलाई परिचय दिइएको छ । वैकल्‍पिक अनुवादः “त्यहाँ लिडिया नाम गरेकी एउटी स्‍त्री थिइन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

बैजनी बेच्ने

यहाँ “वस्‍त्र” भनेर बुझ्‍नुपर्दछ । वैकल्‍पिक अनुवादः “बैजनी वस्‍त्र बेच्ने व्यापारी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

थिआटीरा

यो एउटा सहरको नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

परमेश्‍वरको आराधना गर्ने

परमेश्‍वरको आराधना गर्ने मानिस अन्यजाति हो जसले परमेश्‍वरको प्रशंसा गर्छ, तर सबै यहूदी कानूनहरू मान्दैन ।

तिनले ध्‍यानपूर्वक सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो

प्रभुले कसैलाई सन्देशमा ध्‍यान दिने र विश्‍वास गर्ने तुल्‍याउनुहुने कुरालाई उहाँले त्‍यो व्‍यक्तिको हृदय खोलिदिनुभएको जस्‍तो हो भनिएको छ । वैकल्‍पिक अनुवादः “प्रभुले तिनलाई ध्‍यान दिएर सुन्ने र विश्‍वास गर्ने तुल्‍याउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनको हृदय खोलिदिनुभयो

यहाँ “हृदय” शब्‍दले व्‍यक्तिको दिमागलाई जनाउँछ । साथै, “हृदय” वा “मन” को बारेमा यी कुरा त्‍यो व्‍यक्तिले खोल्‍न सक्‍ने बाकसजस्‍तो हो, र यसरी कसैले त्‍यो भरिदिन सक्दछन् भने जस्‍तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

जे पावलद्वारा भनिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जे पावलले भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)