ne_tn/act/15/23.md

2.4 KiB

एन्टिओखिया, सिरिया र सिलिसियामा भएका अन्‍यजाति विश्‍वासी भाइहरूलाई, प्रेरितहरू र एल्डरहरूबाट अभिवादन !

यो पत्रको परिचय हो । तपाईंको भाषामा पनि पत्र लेख्‍ने लेखक र पत्र प्राप्‍त गर्ने व्‍यक्तिका बारेमा परिचय दिने चलन हुन सक्‍छ । वैकल्‍पिक अनुवादः “यो पत्र तपाईंहरूका दाजुभाइ, प्रेरितहरू र धर्मगुरुहरूबाट लेखिएको हो । एन्टिओखिया, सिरिया र सिलिसियामा भएका अन्‍यजाति विश्‍वासी दाजुभाइलाई हामी यो पत्र लेखिरहेका छौँ । तपाईंहरूलाई अभिवादन” वा “एन्टिओखिया, सिरिया र सिलिसियामा भएका अन्‍यजाति दाजुभाइलाई । प्रेरितहरू र धर्मगुरुहरू तपाईंहरू र तपाईंहरूका दाजुभाइबाट अभिवादन”

तपाईंहरूका दाजुभाइ ... अन्‍यजाति दाजुभाइ

यहाँ “भाइहरू” शब्‍दले यहूदी विश्‍वासी मित्रहरूलाई जनाउँछ । प्रेरितहरू र धर्मगुरुहरूले यी शब्‍द प्रयोग गरेर तिनीहरूले अन्‍यजाति विश्‍वासीहरूलाई विश्‍वासी मित्रहरूका रूपमा स्‍वीकार गरेका कुरालाई निश्‍चयता दिए ।

किलिकिया

एसिया माइनरको तटमा र साइप्रस टापूको उत्तरमा पर्ने एउटा प्रान्त । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)