ne_tn/act/15/10.md

2.0 KiB

सामान्य जानकारीः

पत्रुसले “हाम्रा” र “हामी” मा आफूलाई सुन्‍ने मानिसहरूलाई पनि समावेश गरेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

जोड्ने कथनः

पत्रुस प्रेरितहरू र एल्डरहरूसँग बोलिसक्छन् ।

अब

यसले “यो क्षणमा” भन्‍ने अर्थ लाग्दैन, तर यसपछि आउने महत्त्वपूर्ण बुँदातर्फ ध्‍यान आकर्षण गर्दछ ।

यसकारण न त हाम्रा पिताहरूले र हामीहरूले बोक्‍न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्‍नैपर्छ भनी तपार्इंहरू किन परमेश्‍वरको परीक्षा गर्नुहुन्छ ?

पत्रुसले यहूदी विश्‍वासीहरूलाई गैरयहूदी विश्‍वासीहरूले उद्धारको लागि खतना गर्न आवश्यक छैन भन्‍ने कुरा बताउनको लागि यो प्रश्‍न सोध्छन् । वैकल्पिक अनुवादः “हामी यहूदीहरूले बोक्‍न नसकेको बोझ गैरयहूदीहरूलाई बोकाएर परमेश्‍वरको परीक्षा नलेओ !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

हाम्रा पिताहरू

यसले तिनीहरूका यहूदी पूर्खाहरूलाई जनाउँछ ।