ne_tn/act/14/intro.md

2.1 KiB

प्रेरितहरू १४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“उहाँको अनुग्रहको सन्देश”

येशूको बारेमा भएको सन्‍देश चाहिँ येशूमा विश्‍वास गर्ने मानिसहरूलाई परमेश्‍वरले अनुग्रह दर्शाउनुहुन्‍छ भन्‍ने सन्‍देश हो । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/grace]] अनि [[rc:///tw/dict/bible/kt/believe]])

जिउस र हर्मिस

रोमी साम्राज्‍यमा भएका अन्‍यजातिले धेरै बिभिन्‍न प्रकारका झूटा देवताहरूको पूजा गर्दथे, जो साँच्‍चै अस्‍तित्वमा थिएनन् । पावल र बारनाबासले तिनीहरूलाई “जीवित परमेश्‍वरमा” विश्‍वास गर्न आग्रह गरे । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/falsegod)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“हामीले धेरै दुःखभोगहरूबाट परमेश्‍वरको राज्यमा प्रवेश गर्नुपर्छ”

येशूको पछि लाग्ने हरेक व्‍यक्तिले सतावटको सामना गर्नुपर्छ भनेर येशूले आफ्‍नो मृत्‍यु अगि आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो । पावलले यही कुरालाई यहाँ फरक शब्‍दमा भनिरहेका छन् ।