ne_tn/act/14/23.md

1.8 KiB

सामान्य जानकारीः

यहाँ “तिनीहरू” शब्‍द जति सबैले पावल र बारनाबासलाई जनाउँछ, केवल “तिनीहरू” शब्‍दको तेस्रो प्रयोगले पावल र बारनाबासले प्रभुमा डोर्‍याएका मानिसहरूलाई जनाउँछ ।

जब तिनीहरूले आफ्‍नो लागि हरेक मण्‍डलीमा अगुवाहरू नियुक्त गरे

“जब पावल र बारनाबासले हरेक नयाँ विश्‍वासीहरूको समूहमा अगुवाहरू नियुक्त गरे”

उनीहरूलाई सुम्पिदिए

सम्भावित अर्थहरू हुन् १) “पावल र बारनाबासले आफूले नियुक्त गरेका एल्डरहरूलाई सुम्पिदिए” वा २) “पावल र बारनाबासले अगुवाहरू र अरू विश्‍वासीहरूलाई जिम्‍मेवारी दिए”

जसमा तिनीहरूले विश्‍वास गरेका थिए

“तिनीहरू” शब्‍दले कसलाई जनाउँछ भन्ने कुरा यस अगिको टिपोटमा तपाईंले “उनीहरू” शब्‍दको अर्थ (धर्मगुरुहरू वा अगुवाहरू र अरू विश्‍वासी) लगाएको कुरामा निर्भर हुन्छ ।