ne_tn/act/14/15.md

2.5 KiB

ए मानिसहरू हो, यी कुराहरू तपार्इंहरूले किन गरिरहनुभएको छ ?

मानिसहरूले पावल र बारनाबासको लागि बलिदान चढाउन खोजेको कारण मानिसहरूलाई हप्काउँदै छन् । वैकल्‍पिक अनुवादः “मानिसहरू हो, तपाईंहरूले यी कुराहरू गर्नुहुँदैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यी कुराहरू गर्दै

“हामीलाई पूजा गर्दै”

हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ

यो वाक्‍यद्वारा पावल र बारनाबासले आफूहरू देवताहरू होइन भनेका हुन् । वैकल्‍पिक अनुवादः “हामी पनि तपाईंहरूजस्‍तै मानवहरू हौँ । हामी देवताहरू होइनौँ !”

तपार्इंहरूजस्तै भावना भएका ... हौँ

“हर प्रकारले तपार्इंहरू जस्तै”

अर्थहीन कुराहरूबाट जीवित परमेश्‍वरतिर फर्कनुपर्छ

यहाँ “ ... बाट फर्कनुपर्छ” भनेको एउटा कुरा गर्न छोडेर अरू नै केही कुरा गर्न सुरु गर्ने कुराको अर्थ दिने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “यी झूटा देवहरूको पूजा गर्न छोड्नुहोस् जसले तपाईंहरूलाई सहायता गर्न सक्दैनन्, बरु जीवित परमेश्‍वरको आराधना गर्नुहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जीवित परमेश्‍वर

“साँचो रूपले अस्‍तित्वमा हुनुहुने परमेश्‍वर” वा “जिउनुहुने परमेश्‍वर”