ne_tn/act/14/03.md

2.4 KiB

सामान्य जानकारीः

यहाँ “उहाँ” शब्‍दले प्रभुलाई जनाउँछ ।

त्यसैले तिनीहरू त्यहाँ बसे

“तापनि तिनीहरू त्‍यहीँ बसे ।” पावल र बारनाबास धेरै मानिसहरूलाई सहायता गर्नका लागि आइकोनियनमा बसे जुन मानिसहरूले प्रेरितहरू १४:१ मा विश्‍वास गरेका थिए । “त्यसैले” शब्दले भ्रम सृजना गर्छ भने यसलाई हटाए हुन्छ ।

उहाँको अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभयो

“उहाँको अनुग्रहको बारेमा भएको सन्देश सत्‍य हो भनी दर्शाउनुभयो”

उहाँको अनुग्रहको सन्देशको बारेमा

“प्रभुको अनुग्रहको सन्देशको बारेमा”

प्रभुले पावल र बारनाबासका हातद्वारा चिन्‍हहरू र अचम्मका कामहरू गर्न दिनुभएर

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पावल र बारनाबासलाई चिन्‍हहरू र अचम्‍मका कामहरू गर्न सक्षम तुल्‍याउनुभएर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पावल र बारनाबासका हातहरूद्वारा

“हातहरू”ले पवित्र आत्माद्वारा अगुवाइ गरिएका यी दुई जना मानिसको इच्छा र प्रयत्‍नलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “पावल र बारनाबासको सेवाद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)