ne_tn/act/13/intro.md

3.4 KiB

प्रेरितहरू १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्‍ठमा बाँकीको खण्‍डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १३:३३-३५ मा भजनसङ्ग्रहबाट लिइएका तीनवटा उद्धरणहरूसँग यसै गर्छ ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १३:४१ मा पुरानो करारबाट ल्याइएको कवितासँग यसै गर्छ ।

यो अध्यायले प्रेरितहरूका कामको दोस्रो आधा भाग सुरु गर्दछ । यहाँ लूकाले पत्रुसको बारेमा भन्‍दा धेरै पावलको बारेमा लेखेका छन् र विश्‍वासीहरूले येशूको सुसमाचारको सन्‍देश यहूदी जातिलाई नभइ अन्‍यजातिलाई प्रचार गरेका कुराको वर्णन यसले गर्दछ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

अन्यजातिहरूको लागि एउटा ज्योति

अधार्मिक मानिसहरू अर्थात् परमेश्‍वरलाई खुशी नतुल्‍याउने मानिसहरूका बारेमा बाइबलले वर्णन गर्दा तिनीहरू प्रायः अन्‍धकारको वरिपरि हिँडेको छन् भने झैँ लेखेको हुन्छ । ती पापी मानिसले गरिरहेका कुरा खराब हो भनेर बुझ्‍न र परमेश्‍वरको आज्ञा पालन गर्न सुरु गरेर धर्मी ज्‍योतिले तिनीहरूलाई सक्षम तुल्‍याउँछ भने झैँ यसले कुरा गर्दछ । यहूदीहरूले सबै अन्‍यजातिलाई अन्‍धकारमा हिंडेका हुन् भनी ठान्‍छन्, तर पावल र बारनाबासले अन्‍यजातिहरूलाई येशूको सन्‍देश प्रचार गर्ने बारेमा तिनीहरू उनीहरूकहाँ भौतिक ज्‍योति लिएर जाने भनेजस्‍तो कुरा गरेका छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///tw/dict/bible/kt/righteous]])