ne_tn/act/13/33.md

2.6 KiB

उहाँले हामी, तिनीहरूको सन्तानको लागि पूरा गरिदिनुभएको छ

तपाईंले यस वाक्यका भागहरूलाई पुनः मिलाएर राख्‍नुपर्ने हुन सक्‍छ, जुन पद ३२ मा सुरु हुन्छ । “हाम्रा पिता पूर्खाहरूलाई गर्नुभएको प्रतिज्ञालाई परमेश्‍वरले हामी, तिनीहरूको सन्तानको निम्ति पूरा गरिदिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-versebridge)

हामी, तिनीहरूको सन्तानको लागि

“हाम्रो लागि, जो हाम्रा पूर्खाहरूका सन्तानहरूका हौँ ।” पावल अझै पनि यहूदीहरू र यहूदी धर्ममा परिवर्तन भएका अन्यजातिहरूसँग पिसिदियाको एन्टिओखियामा भएको सभाघरमा कुरा गरिरहेका छन् । यिनीहरू यहूदीहरूका शारीरिक पूर्खाहरू थिए, र परिवर्तन भएर आएकाहरूको आत्मिक पूर्खाहरू थिए ।

येशूलाई बिउँताउनुभएर

यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “येशूलाई पुनः जीवित बनाउनुभएर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

जसरी दोस्रो भजनमा लेखिएको छ

“दोस्रो भजनमा यसो लेखिएको थियो”

दोस्रो भजन

“भजन २”

पुत्र ... पिता

यी महत्त्वपूर्ण नाउँहरू हुन् जसले येशू र परमेश्‍वरको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)