ne_tn/act/13/10.md

2.8 KiB

तँ शैतानको छोरो

त्यस मानिसले शैतानको जस्तै हर्कत गर्दै छ भनेर पावल भन्दै छन् । वैकल्‍पिक अनुवादः “तँ शैतानजस्तै छस्” वा “तँ शैतान जस्तै काम गर्छस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तँ सबै किसिमको छल र दुष्‍टताले भरिएको छस्

“तैँले धार्मिकताको विरुद्धमा झूटा कुरा गरेर अरू मानिसहरूलाई असत्य कुरामाथि विश्‍वास गर्ने बनाउँछस् र जे गलत छ त्यही गर्छस्”

दुष्‍टता

यो सन्दर्भमा यसको अर्थ अल्छे हुनु र परमेश्‍वरको व्यवस्था लगनशील भएर नपछ्याउनु भन्‍ने हुन्छ ।

तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस्

पावलले एलुमासलाई शैतानसँग एउटै समूहमा राख्‍दै छन् । जसरी शैतान परमेश्‍वरको शत्रु र धार्मिकताको विरोधी हो, एलुमास पनि त्यस्तै थियो ।

तैंले प्रभुको सोझो बाटोलाई बङ्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र ?

पावलले त्यस जादूगरलाई परमेश्‍वरको विरोध गरेकोमा गाली गर्नलाई यो प्रश्‍नको प्रयोग गर्दै छन् । वैकल्‍पिक अनुवादः “परमप्रभु परमेश्‍वरको बारेमा भएका सत्‍य कुरालाई तैँले सधैँ झूटा हो भन्‍छस् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

प्रभुको सोझा मार्गहरू

यहाँ “सोझा मार्गहरू” भन्‍ने कुराले सत्‍य तरिकाहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “प्रभुका सत्य मार्गहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)