ne_tn/act/13/06.md

2.1 KiB

सामान्य जानकारीः

यहाँ “उनीहरू” शब्दले बारनाबास, शाऊल र मर्कुस यूहन्‍नालाई जनाउँछ । यहाँ “यी मानिस” शब्‍दले प्रान्‍तीय शासक सर्गियस पौलसलाई जनाउँछ; अनि “उसको” शब्‍दले एलुमास (बार-येशू पनि भनिन्‍छ) जादूगरलाई जनाउँछ ।

पूरै टापु

उनीहरूले टापूको एक भागदेखि अर्को भागसम्म पार गरे र आफू भएर गएका सबै सहरमा सुसमाचारको सन्देश बाँडे ।

पाफोस

प्रान्तीय शासक बस्‍ने साइप्रस टापूको एक प्रमुख सहर

तिनीहरूले भेट्टाए

यहाँ “भेट्टाए” भन्‍ने कुराले कसैलाई नखोजिकनै सो व्यक्ति भएको ठाउँमा आइपुग्‍नुलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले भेटे” वा “तिनीहरू आइपुगे”

कोही एकजना जादूगर

“टुनामुना गर्ने मानिस” वा “अलौकिक जादूयी कला गर्ने मानिस”

जसको नाउँ बार-येशू थियो

“बार-येशू” को अर्थ हुन्छ, “येशूको छोरा ।” यो मानिस र येशू ख्रीष्‍टको बीचमा कुनै सम्बन्ध छैन । त्यस बेला येशू प्रचलित नाम थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)